आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकालाई सात विकेटले हरायाे

आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । आज भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउदै दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जित निकाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदा ९९रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा श्रीवार्दनेले सर्वाधिक २१ तथा सरंगिकाले २० रन बनाइन । बलिङमा दक्षिण अफ्रिकाकी इस्माइलले तीन विकेट लिइन ।

जवाफमा दक्षिण अफ्रिकाले १८ ओभर तीन बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । मारीजाने कपले ३८ तथा कप्तान डी भान नेइकर्कले ३३ रनको योगदान गरिन । यस्तै डु प्रीजले १६ रन थपिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest