कप्तान पारस टी-२० बरियतामा अलराउण्डतर्फ ४१ अाैं स्थानमा

आइसीसीले सार्वजनिक गरेको विश्व टी–२० को नयाँ बरियतामा नेपालका तीन खेलाडी शिर्ष १०० भित्र पर्न सफल भएका छन । जसमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी रहेका छन् ।

यसअघि शीर्ष १०० मा परेका शरद भेषवाकर बाहिरीएका छन् । नयाँ बरियता अनुसार नेपालका कप्तान पारस खड्का ब्याटिङमा ९३ औं स्थानमा छन् ।

शरदले आफ्नो बरियता गुमाएका छन । उनलाई भारतीय खेलाडी रिशव पन्तले रिप्लेस गरेका छन् ।

यस्तै टी–२० को बलिङतर्फ बसन्त रेग्मी केहि स्थान तल झर्दै ७५ औं स्थानमा पुगेका छन भने सोमपाल कामी ९४ औं स्थानमा यथावत रहेका छन् । यता अलराउण्डमा पारस ४१ औं स्थानमा छन भने सोमपाल ६४ औं स्थानमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest