साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमी विजयी

साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमीले धनगढीमा अाजदेखि सुरू भएकाे निष्ट लिटिल फ्लावर प्रिमियर लिगमा बिजयी सुरुवात गरेका छन !

सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित हासिल गर्याे । टस जितेर पहिले व्याटिङ गरेकाे सिद्धार्थ सिसु सदनले १० ओभरमा घटाईएको खेलमा ५ विकेट गुमाउँदै ६३ रन बनायो । सिद्धार्थका लागि गजेन बोहोराले १८, सुरेन साउदले अविजित १५ र खडक बोहोराले १४ रन वनाए ।

६४ रनको लक्ष्य पछ्याएको निष्ट भक्तपुरले १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो । निष्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनि टिमलाइ हारबाट बचाउन सकेनन् । बलिङमा सिद्धार्थका लागि प्रकाश थापाले २ विकेट लिए ।

अर्को खेलमा  क्यास्पियन एकेडेमीले शारदा माविलाई १४ रनले पराजित गर्याे । टस जितेर पहिले व्याटिङ गरेको क्यास्पियनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन वनायो । उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए ।

एक सय २ रनको लक्ष्य पक्ष्याएकाे शारदा मावि १६.३ ओभरमा ८७ रनमा अलअाउट भयाे । उसका लागि दिपक टमटाले ३४ र जीवन मगरले २२ रन वनाउनु वाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन । क्यास्पियनका लागि रोशन अधिकारीले ६ विकेट लिए ।

प्रतियोगितामा  मंगलबार पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदक्षा काठमाण्डौ र एवीसी स्कुल नेपालगंज बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest