नेपाली क्रिकेट प्रशिक्षणकाे प्रशिक्षणमा जाेन्टी राेड्स

दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्सले नेपाल अाएपछिकाे तेस्राे दिनमा नेपाली क्रिकेट प्रशिक्षकहरुलाई प्रशिक्षण दिएका छन् । किर्तिपुर क्रिकेट मैदानमा राेड्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहित ११ नेपाली प्रशिक्षकलाइ क्रिकेटको प्राविधिक पक्ष र खेलाडीको प्रतिभा पहिचानका बिषयमा प्रशिक्षण गराए ।

दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर रोड्स ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि नेपाल आएका हुन् । दश दिने प्रशिक्षणमा रोड्सले यू- १६ र यू- १९ का खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा ४५ खेलाडीहरु सहभागी हुनेछन् । रोड्सलाई नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन नेपाल ल्याएको हो ।

नेपाल क्रिकेट स्कुलको विशेष पहलमा काठमाडौं आएका रोड्सको प्रशिक्षणमा सहभागी हुन अहिलेसम्म ४७ जनाले नाम दर्ता गराएका छन्। ५० हजार रुपैयाँ तिरेर नाम दर्ता गराउनेको संख्या अझै बढ्ने नेपाल क्रिकेट स्कुलका अभिषेक केसीले बताए। प्रशिक्षणमा सहभागी हुन काठमाडौं बाहेक विरगन्ज, धनगढीका क्रिकेटर पनि आएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest