आइसीसी टी–२० महिला विश्वकप श्रीलंकाले बंगलादेशलाई २५ रनले हरायो

आइसीसी टी–२० महिला विश्वकप अन्तर्गत श्रीलंकाले पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हरायो । जारी प्रतियोगितामा बंगलादेशको यो लगातार तेस्रो हार हो ।

टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा सात विकेट गुमाउदै ९७ रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सिरीर्वादेनाले सर्वाधिक ३१ रन बनाइन भने सुरगिंकाले १६ रनको योगदान गरिन । यस्तै एनडी डी सिल्भा र कप्तान जयनगानीले समान १२–१२ रन थपिन । बलिङमा बंगलादेशका लागि जाहानारा आलमले तीन विकेट लिइन ।

जवाफमा बंगलादेश २० ओभरमा ७२ रनमा अलआउट भयो । उसका तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । जसमा निगार सुल्तानाले सर्वाधिक २० रन बनाइन भने रितु मोनी र आयसा रहमानले समान ११–११ रन बनाइन । बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest