अाइसीसी टी-२० महिला विश्वकपमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३१ रनले हरायाे

अाइसीसी टी-२० महिला विश्वकप अन्तर्गत वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३१ रनले पाखा लगायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाउदै एक सय सात रन बनायो । उसका लागि केसीया नाइटले ३२ तथा नतासा म्याक्लियनले २८ रन बनाइन ।

बलिङ तर्फ दक्षिण अफ्रिकाकी सबनीम इस्मेलले तीन विकेट लिइन ।

जवाफमा दक्षिण अफ्रिका १८ ओभर चार बलमा मात्र ७६ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुदा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

जसमा मारीजानी कापले २६ तथा लीजिली ली ले २४ रनको योगदान गरिन । दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न स्टेफानी टेलरले चार विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest