विश्वकपका कारण अष्ट्रेलियन खेलाडीले अाइपिएलका खेल गुमाउने

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसिय विश्वकपका कारण अष्ट्रेलियन राष्ट्रिय टिमका खेलाडीले इन्डियन प्रिमियर लिगमा सहभागिता जनाउन नपाउने भएका छन ।

विश्वकप अगाडी हुने आइपिएलमा अष्ट्रेलियन खेलाडीले अन्तिम केहि साता खेल्न नपाउने भएका छन । विश्वकपको तयारीमा लाग्नुपर्ने भएकाले अष्ट्रेलियन क्रिकेट बोर्डले टिममा परेका खेलाडीलाई आइपिएलमा अन्तिम चरणका खेलमा सहभागिताबाट बञ्चित गर्ने भएको छ । विश्वकप अगाडी तयारीका लागि केहि अभ्यास खेल आयोजना गर्न लागेको अष्ट्रेलियाले खेलाडीलाई आइपिएल भन्दा विश्वकपमा बढि ध्यान दिन खेलाडीलाई निर्देशन पनि दिएको छ ।

विश्वकपका कारण नै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र प्रशिक्षक रवी शास्त्रीले आइपिएलको मिती अगाडी सार्न प्रस्ताव गरेका थिए । आइपिएल आयोजकले अब प्रतियोगिताको मिती नसारेमा अन्तिममा अरु देशका खेलाडीले पनि विश्वकपका कारण केहि खेल खेल्न नपाउने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest