नेपाली महिला क्रिकेट टिमले लामाे समयपछि अन्तराष्ट्रिय प्रतियाेगिता खेल्दै

नेपाली महिला क्रिकेट टिमले निकै लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । थाइल्याण्ड क्रिकेट संघले आयोजना गर्न लागेको थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपालले सहभागिता जनाउने भएको छ ।

सन् २०१९ को जेनेवरी आठ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १० टिमको सहभागित रहनेछ । जसमा नेपालसँगै भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, युएइ, म्यानमार, नामिविया र थाइल्याण्डको दुई टिम हुनेछ । आयोजक थाइल्याण्डले सिनियर र थाइल्याण्ड ए टिमलाई प्रतियोगितामा सहभागिता गराउनेछ ।

आयोजक थाइल्याण्डले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल नामिवियासँग जेनेवरी १२ मा खेल्नेछ । समुह ए मा रहेको नेपालसँगै युएइ, नामिविया, मलेसिया र थाइल्याण्ड ए टिम रहेका छन । यस्तै समुह बी मा थाइल्याण्ड, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमा रहेका छन ।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा मलेसियासँग १३ जेनेवरीमा खेल्नेछ । तेस्रो खेलमा १४ तारिखमा युएइ, १६ तारिखमा थाइल्याण्ड ए टिमसँग प्रतिस्पर्धा गर्नेछ । दुइ समुहको शिर्ष दुईमा रहने टिमले सेमिफाइलन प्रवेश गर्नेछन ।
त्यसको लगत्तै हुने आइसीसी महिला टी–२० एशिया क्षेत्र छनोट प्रतियोगिता हुनेछ । जुन फेब्रेवरी महिनामा तोकिएको छ । प्रतियोगितामा सहभागिताका लागि ४ हजार अमेरीकी डलर तिर्नुपर्नेछ । जसमा १४ खेलाडी र दुई अफिसियलको खर्च समावेश हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest