सन्दिप अाज युएइ जाँदै

लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० लिग खेल्न अाज युएइ जाँदैछन ।

सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्नेछ ।

सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो ।

सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडी रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest