रूटकाे विदेशी भुमीमा पहिलाे जित, श्रीलंका ३७ रनले पराजित

श्रीलंका विरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ३७ रनले विजयी भएको छ । जितसँगै इंग्ल्याण्डले तीन खेलको श्रृंखलामा दुई शुन्यको अग्रता बनाएको छ ।

श्रीलंकको क्यान्डीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टिम इंग्ल्याण्डले पहिलो पारीमा दुई सय ९० रन बनाएको थियो । उसका लागि जोस बट्लरले ६३ तथा साम कुरानले ६४ रन बनाए ।

जवाफमा घरेलु टिम श्रीलंकाले पहिलो पारमिा तीन सय ३६ रन बनायो । उसका लागि ओपनर कारुनारात्नेले ६३ रन बनाए भने रोसन सिल्भाले ८५, र धनञ्जय डी सिल्भाले ५९ रन बनाए । पहिलो पारीमा ४६ रनले पछि परेको इंग्ल्याण्ड दोस्रो पारीमा तीन सय ४६ रनमा अलआउट भयो । उसका लागि कप्तान जोय रुटले सतकीय पारी खेले । उनले एक सय ४६ बलमा एक सय २४ रन बनाए । जसमा १० चौका र दुई छक्का सामेल थियो । यस्तै फोक्सले ६५ तथा र्बुन्सले ५९ रन बनाए । जसका कारण श्रीलंकाले तीन सय एक रनको लक्ष्य पाएको थियो ।

तर दोस्रो पारीमा श्रीलंका घरेलु मैदानमा मात्र दुई सय ४३ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा एञ्जेलो म्याथुजले सर्वाधिक ८८ रन बनाए । दोस्रो पारीमा श्रीलंकालाई कमजोर बनाउन ज्याक लिचले पाँच तथा मोयन अलीले चार विकेट लिए । इंग्ल्याण्ड टिमको कप्तानी सम्हालेपछि जोय रुटले विदेशी भुमीमा पहिलो जित निकालेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest