तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा लुम्बिनी कासाई र बुटवल डाइनामाईट्स विजयी

रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई र बुटवल डाइनामाईट्स विजयी भएका छन् ।

बुटवलमा जारी प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटले ज्ञानोदय गोल्डेस बुटवलमाथि ५ विकेट तथा बुटवल डाईनामाईट्सले एनएससीए टाईर्गसमाथि पनि ५ विकेटको जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ पाएको ज्ञानोदय गोल्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय २२ रन बनाएको थियो । ज्ञानोदयका लागि सुनिल धमलाले ३१ रन, राहुल कुमारले १७ तथा आनन्द गौड ले २२ रन बनाए । बलिङमा लुम्बिनी कासाईका प्रदिप जयसवालले ४ विकेट लिए ।

जवाफमा लुम्बिनी कासाइले १७ ओभर दुई बलमा पाँच विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । कासाईको जितमा सुमन पाण्डेले ५० तथा सुनिल धवलले २५ रन बनाए ।

आजै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको एनएससीए टाईगर्सले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४१ रन बनायो । टाईर्गसकालागि शंकर रानाले ४३, मनिष थापाले १६ रन, अर्जुन गिरीले ३० रनको योगदान दिए ।

मध्यम लक्ष्य पछयाएको बुटवलले १८ ओभर ५ बलमा ५ विकेटको नोक्सनीमा जित निकाल्यो । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङले ५५ रन बनाए भने देव खनालले २६ तथा सौरभ खनालले ४३ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest