महिला टि-२० विश्वकप सेमीफाइनलमा वेस्ट इन्डिज र अस्ट्रेलिया तथा भारत र इङल्यान्ड बीच प्रतिस्पर्धा हुने

महिला टि ट्वान्टी विश्वकपको सेमीफाइनलमा वेस्ट इन्डिज र अस्ट्रेलिया तथा भारत र इङलयान्ड बीच प्रतिस्पर्धा हुने भएको छ । घरेलु टोली वेस्ट इन्डिज आज विहान भएको खेलमा इङल्यान्डलाइ चार विकेटले पराजित गरेपछि समुह ए को विजेता बन्यो ।

सेन्ट लुसिया स्थित डारेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको इङल्यान्डले २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । माथिल्लो क्रममा खेलाडी सस्तैमा आउट भएपछि दवावमा आएको इङल्यान्डको पारीलाइ सोफिया ड्रङक्ली र आन्या श्रुबसोलले सम्हालेका थिए । यी दुइ ले सातौ विकेटका लागि ५८ रनको साझेदारी गरेपछि इङल्यान्डले सम्मानजनक योगफल तयार पारेको थियो ।

सोफियाले ३५ र आन्याले २९ रन बनाइन् । वलिङ तर्फ साकिरा सेलमान र डियन्ड्रा डोटिङले २-२ विकेट लिए ।

जवाफमा वेस्ट इन्डिजले १९ ओभर तीन वलमा चार विकेट गुमाएर लक्ष्य भेट्टयो । डोङिले ४६ र सिमेन क्याम्पबेलले ४५ रन बनाएपछि वेस्ट इन्डिजले सहज जीत हात पार्यो ।

अब उसले फाइनल प्रवेशका लागि समुह बी को उपविजेता अस्ट्रेलियाको सामना गर्नेछ । उपविजेता बनेको इङल्यान्डले भारत संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest