एभेरेष्ट प्रिमियर लिगः पोखरा राइनोजले अष्ट्रेलियन प्रशिक्षक डाेडलाई अनुबन्ध

आसन्न एभेरेष्ट प्रिमियर लिगका लागि पोखरा राइनोजले अष्ट्रेलियन प्रशिक्षक नाथन डाेडलाई अनुबन्ध गरेको छ ।

इपिएलका लागि दुई जना विदेशी खेलाडी भित्र्याइसकेको पोखराले प्रशिक्षकमा पनि नाथनलाई ल्याउने भएको छ । टिमको मुख्य प्रशिक्षकका रुपमा आउन लागेका नाथनले अष्ट्रेलियन क्रिकेटमा लेभल थ्री कोर्ष गरेका छन । जस्टिन ल्याङगर र फिलिप ज्याक्ससँगै प्रशिक्षक कोर्ष गरेका नाथनले धेरै अन्तराष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भुमिका निर्वाह गरेका छन ।

हाल न्यू ब्लुजको सल्लाहकार प्रशिक्षक रहेका उनी डिसेबल अष्ट्रेलियन क्रिकेट टिमको सिनियर एसिस्टेटन प्रशिक्षक रहेका छन । नर्दन टेरोटोरी क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेको नाथनले सन् २०१६ मा आदिवासी महिला टिमको प्रशिक्षक पनि रहेका थिए ।

टी–२० क्रिकेटमा राम्रो प्रशिक्षकको अनुभव बोकेका उनी स्यान्डगेट रेडक्लिफ क्रिकेट टिमको सहायक प्रशिक्षक रहिसकेका छन । उनले नेपालमा आएर क्रिकेटसँग आवद्धहुन पाउदा खुसी लागेको बताएका छन । साथै उनले आफुले टिमलाई उत्कृष्ट प्रशिक्षण दिने कोशिष गर्ने पनि बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest