प्रतिबन्धमा परेका तीनै खेलाडीको कारवाहि फुकुवा हुनसक्ने

बल टेम्परीङको आरोपमा प्रतिबन्धमा परेका तीन जना अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ, डेविड वार्नर र कैमरुन बेनक्राफ्टको सो कारवाहि के हुने भन्नेमा यो साता निर्णय आउने भएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएअनुसार तीनै खेलाडीको कारवाहि फुकुवा हुनसक्ने संकेत गरेको छ ।

राष्ट्रिय क्रिकेट टिम निकै खराव अवस्थामा रहेका बेला बोर्डले तीन जना मुख्य खेलाडीको प्रतिबन्धमा पुर्नविचार गर्न लागेको हो । जसमा केमरुनको नौ महिने प्रतिबन्ध अर्को महिना सकिदैछ भने स्मिथ र वार्नरको प्रतिबन्धका विषयमा छलफल गर्न बोर्डले बैठक बोलाएको छ ।

तीनै खेलाडीको प्रतिबन्ध हटाउन खेलाडी संघ देखि सञ्चारमाध्यमले पनि बोर्डलाई दबाव दिइरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest