एभरेष्ट प्रिमियर लिगः उद्घाटन खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स विच हुने

एभरेष्ट प्रिमियर लिग इपिएलको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स विच प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर २२ गतेबाट किर्तीपुर मैदानमा हुने प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ । जसमा पहिलो दिन एक खेल हुनेछ भने त्यसपछि लिग चरणमा दिनको दुई खेल हुनेछन । दोस्रो दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । १५ दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपिवन टिभीबाट हुनेछ । प्रतियोगिताका लागि विभिन्न छ टिमले विदेशी खेलाडी पनि पक्का गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest