पाकिस्तान विरूद्द अन्तिम दिन नाटकीय रूपमा न्यूजिल्याण्ड विजयी

न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान नाटकीय रूपमा पराजित भएकाे छ । एक सय ७६ रनकाे लक्ष्य पक्ष्याउने क्रममा पाकिस्तान एक सय एक सय ३० रनमा चार विकेटकाे अवस्थामा थियाे । तर त्यसपछि २० अाेभरमा मात्र ४१ रन बनाउँदा अलअाउट भएपछि उसले ४ रनमाे हार ब्यहाेर्याे ।

पहिलो इनिङ्समा न्युजिल्यान्डले १ सय ५३ रन बनाउँदा पाकिस्तानले २ सय २७ रन बनायाे । पहिलाे पारीमा ७४ रनको अग्रता लिएको पाकिस्तान विरूद्द दोस्रो इनिङ्समा न्युजिल्यान्डले २ सय ४९ रन बनाएपछि पाकिस्तानले १ सय ७६ रनको लक्ष्य पाएको थियो ।
तर दोस्रो इनिङ्समा असाद सफिक ४५ र अजहर अलीले ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका पुछारमा ४ ब्याट्सम्यानले खाता खाेल्न सकेनन् ।

न्युजिल्यान्डलाई नाटकीय जित दिलाउन अजाज पटेलले ५ विकेट लिए भने इश सोधी र नील वाग्नेरले समान दुई विकेट हात पारे ।

तीन टेस्ट श्रृंखलामा न्युजिल्यान्डले १ – ० को अग्रता कायम गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest