स्मिथ र वार्नरले एक बर्ष नै कारवाही भाेग्नुपर्ने अष्ट्रेलियन बाेर्डकाे निर्णय

बल टेम्पिरीङको आरोपमा प्रतिबन्धमा परेका अष्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथ, डेविड वार्नर र कामरोन बेनक्रोफ्टको कारवाही नछोट्याउने क्रिकेट बोर्ड अफ अष्ट्रेलिया निर्णय गरेको छ ।

क्रिकेट बोर्डले आपतकालिन बोर्ड बैठकबाट तीन खेलाडीको कारवाही जारी राख्ने निर्णय गरेको हो । बोर्डको बैठक अगाडी तीनै खेलाडीको कारवाही कम हुनसक्ने आंकलन गरिएको थियो ।

तर त्यसको विपरित तीनै खेलाडीले पुरा समय कारवाही भोग्नुपर्ने भएको छ । यसको अर्थ स्मिथ र वार्नरले १२ महिना अर्थात मार्च २०१९ सम्मको कारवाहि पुरा गर्नुपर्नेछ भने बेनक्रोफ्टको मिती यहि डिसेम्बरमा सकिदैछ ।

अष्ट्रेलियन क्रिकेट टिम हाल ४० बर्षकै सबै भन्दा खराव फर्ममा रहेको छ । जसका कारण तीन खेलाडीलाई पुनः अन्तराष्ट्रिय स्तरमा फर्काउन बोर्डले केहि लचकता अपनाउने साचेकोमा उल्टो भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest