अमेरीकालाइ डिभिजन २ मा पुर्याए नेपाली पूर्व प्रशिक्षक पुबुदुले

नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व प्रशिक्षक पुबुदु दशानायकेको प्रशिक्षणमा रहेको अमेरीकी क्रिकेट टिम पहिलो पटक विश्व क्रिकेट लिग डिभिजन २ मा उक्लिएको छ ।

विश्व क्रिकेट लिगमा चार पटकको प्रयासपछि अमेरीका डिभिजन २ मा उक्लिएको हो । ओमानमा भएको फाइनलमा सिंगापुरलाई ५ विकेटले हराउदै उसले डिभिजन २ को ढोको खोलेको हो ।

यसअघि उसले सन् २०११मा हङकङ, २०१३ मा बर्मुडा, २०१४ मा मलेसिया र २०१७ मा युगान्डामा गरेको प्रयास असफल भएको थियो ।

अमेरीकासँगे ओमानले पनि डिभिजन टु मा स्थान बनायो । दुबै टिमले नामिवियामा अर्को बर्षको अप्रिल महिनामा हुने डिभिजन टु खेल्नेछन । पुबुदु दशानायके प्रशिक्षक हुँदा नेपालले पनि डिभिजन तीन बाट च्याम्पियन हुँदै डिभिजन २ मा उक्लिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest