मोहम्मद नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने

युनाइटेड अरब इमिरेट्सका बलर मोहम्मद नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन ।

मंसिर २२ गतेबाट हुने ईपीएलमा युएइका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन ।

यसअघि पाेखरामा भएकाे पाेखरा प्रिमियर लिगमा पनि नाभिद शरदकाे कप्तानीमा रहेकाे पाेखरा पल्टनबाट खेलेका थिए । जसमा उनले निकै राम्राे प्रदर्शन पनि गरेका थिए ।

पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउने नियम बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest