सन्दिपकाे टिम केरालाले अाज टि-१० लिगमा पहिलाे खेल खेल्दै

युनाइटेड अरब इमिरेट्समा आजबाट सुरू हुँने टी-१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेकाे टिम केरला किङ्सले खेल्दैछ ।

गत वर्षको विजेता केरलाले पाकटुनसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल राति १० :३० मा सुरु हुनेछ ।

अाजकाे खेलमा सन्दिप प्लेइङ सेटमा पर्ने हुन की हाेइनन् त्याे एकिन छैन ।

सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सन्दीपले इयान मोर्गनको कप्तानीमा खेल्नेछन् । जहाँ क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ ।

यस्तै सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोरमा अनुबन्धित भएका थिए ।

८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest