एभरेष्ट प्रिमियर लिगका लागि पाेखराले भित्र्यायाे स्कटिस खेलाडी केली काेइट्जेर

मंसिर २२ गतेबाट हुँने एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजबाट स्कटल्याण्डका केली कोइट्जेर खेल्ने भएका छन ।

६ वटा फ्रेन्चचाइज टिमको सहभागिता हरेको प्रतियोगिताका लागि पोखराले केलीलाई विदेशी खेलाडीको कोटामा ल्याउन लागेको हो ।

यसअघि उसले पाकिस्तानका तेज गतिका बलर ताज वालीलाई अनुबन्ध गरिसकेको छ । यस्तै दक्षिण अफ्रिकाबाट पनि एक जना ब्याट्सम्यान ल्याउने भएको छ ।

इपिएलका लागि आइसीसीले मान्यता दिइसकेको छ भने सहभागि अरु टिमले पनि विदेशी खेलाडी एकपछि अर्को रुपमा अनुबन्ध गरेको छ । यहि प्रतियोगिताका लागि पोखराले अष्ट्रेलियन प्रशिक्षक नाथन डोडलाई अनुबन्ध गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest