पहिलाे टी-२० खेलमा भारत अष्ट्रेलियासँग ४ रनले हार्याे

अष्ट्रेलिया विरुद्धको पहिलो टी–२० खेलमा भारत चार रनले पराजित भएको छ ।

अष्ट्रेलियाको व्रिस्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले डकवर्थ एण्ड लुइसको नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो । उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लियनले ३७ तथा स्टोनीसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङ तर्फ भारतका कुलदिप यादवले दुई विकेट लिए ।

जवाफमा भारतले १७ ओभरमा झारीएको खेलमा सात विकेट गुमाउदा एक सय ६९ रनमा रोकियो । उसका लागि शिखर धवनले ७६ तथा दिनेश कार्तीकले ३० र रिसव पन्तले २० रन बनाउँदा बाकि खेलाडी सस्तैमा आउट भए । जितसँगै अष्ट्रेलियाले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest