टी–१० क्रिकेट लिगमा सन्दिपले पहिलो खेलमा नै लिए ३ विकेट

युएइमा आजबाट सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन । केरालाबाट खेलेका सन्दिपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे ।

सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरालाको पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे । त्यसपछि सोहि ओभरको पाँचौ बलमा सन्दिपले इन्ग्रामलाई मात्र एक रनमा आउट गरे ।

सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । उनले ब्यक्तिगत दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै अर्को एक विकेट लिए । मात्र सात रन खर्चिदै सन्दिपले एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । उनले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest