टी-१० क्रिकेटमा सन्दीपको टिम केरलाले आज कराँचीयन्ससंग प्रतिस्पर्धा गर्दै

टी-१० क्रिकेट लिगमा सन्दीप लामिछानेको टिम केरला किङसले आज कराँचीयन्ससंग प्रतिस्पर्धा गर्दैछ ।

सारजाहमा हुने केरला र कराँचीयन्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७:३० मा सुरु हुनेछ ।

साविकको विजेता समेत रहेको केरलाले पहिलाे खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो । साे खेलमा सन्दिपले तीन विकेट लिएका थिए ।

सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले डेब्यु खेलको आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । यस्तै उनले दोस्रो ओभरमा समेत एक विकेट लिएका थिए ।

पहिलाे खेलमा म्यान अफ द म्याच बनेका सन्दिप अाज पनि प्लेइङ सेटमा पर्ने प्रबल संभावना रहेकाे छ ।

यता, कराँचीयन्स पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कराँचीयन्स राजपुट्ससंग १० विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest