चितवन टाइगर्सद्वारा आयरल्याण्डका पाउल स्ट्रर्लिङलाई अनुबन्ध

आसन्न एभेरेष्ट प्रिमियर लिगमा सहभागि ६ वटा टिमले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया तिब्र पारेका छन । यस्तैमा चितवन टाइगर्सले आयरल्याण्डका पाउल स्ट्रर्लिङलाई अनुबन्ध गरेको छ ।

मंसिर २२ गतेबाट हुने प्रतियोगिताका लागि चितवनले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा पाउललाई ल्याएको हो । हाल दुबइमा जारी टी–१० क्रिकेट लिगमा सन्दिप लामिछानेको टिम केरालाबाट खेलिहरेका पाउल एक विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित छन । उनीसँगै इपिएलमा चितवनबाट इंग्ल्याण्डका म्याक्स होल्डेन, न्युजिल्याण्डका जेम्स फुलरलाई ल्याएको छ ।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवनमा खेल्ने तयारीमा रहेका पाउलले आयरल्याण्डबाट एक टेष्ट र एक सय एकदिवसिय खेल खेलेका छन । यसका साथै उनले ५२ टी–२० पनि खेलेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest