एसीसीकाे अध्यक्षमा बंगलादेशका अनमुल मनाेनित

हाल निलम्बनमा हरेको नेपाल क्रिकेट संघको क्यानको महासचिव असोकनाथ प्याकुरेलले एशियन क्रिकेट काउन्सिलको बार्षिक साधारण सभामा सहभागिता जनाएका छन ।

पाकिस्तानको लाहोरमा भएको उक्त सभामा एसीसीका सबै सदस्य राष्ट्रको सहभागिता रहेको थियो । जसमा बंगलादेश क्रिकेट बोर्डका नजमुल हसनलाई दुई बर्षका लागि अध्यक्ष र उपाध्यक्ष इमरान ख्वाजालाई उपाध्यक्ष पदमा मनोनित गरेको छ । यस्तै सभाले विभिन्न उपसमिती पनि बनाइएको छ ।

अशोकनाथले नेपालको पछिल्लो अवस्थाका बारेमा अरु सदस्य राष्ट्रलाई पनि जानकारी गराएका थिए । जसमा हाल नेपाल आइसीसीसँगको सहकार्यमा निर्माण भएको विधान अनुसार अघी बढिरहेको र नेपाल माथिको प्रतिबन्ध फुकुवा हुने दिशामा अगाडी बढेका जानकारी गराए । एसीसीको बार्षिक साधारण सभामा आइसीसीका सिइओ डेभ रिचार्डसन पनि उपस्थित थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest