एभरेष्ट प्रिमियर लिगमा ललितपुरबाट जयकिशन , सन्नी पटेल र गौरव तमोरले खेल्ने

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि ललितपुर प्याट्रियट्सले तीन जना विदेशी खेलाडी फाइनल गरेको छ । जसमा भारतका जयकिशन कोल्सावाल, सन्नी पटेल र गौरव तमोरलाई ल्याउने भएको छ ।

जयकिशन र सन्नी पटेलले गत सिजनको इपिएलमा पनि ललितपुरबाट खेलेका थिए । यो बर्ष गोरवलाई थपेको हो । विकेटकिपर जयकिशनले भारतको बरोडाबाट घरेलु क्रिकेट खेल्छन भने ३१ बर्षे सन्नी पटेलले गत सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरामा भएको पीपीएलमा सन्नीले चितवनबाट खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको ललितपुरका प्रशिक्षक राजु बस्न्यात रहेका छन । प्रतियोगिताको नियम अनुसार तीन जना विदेशी खेलाडी अनिवार्य रहेकाले ललितपुरले तीनै खेलाडी भारतबाट ल्याएको हो । इपिएल मंसिर २२ बाट सुरु हुँदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest