अष्ट्रेलिया महिला टी-२० विश्वकपकाे फाइनलमा, वेष्ट इन्डिज ७१ रनले पराजित

साविक विजेता वेष्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४२ रन बनायो । उसका लागि एलीसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन ।

जवाफमा एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रनमा अलआउट भयो ।

उसका लागि कप्तान स्टेफानी टेलरले १६ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest