दक्षिण अफ्रिकन खेलाडी पउल पाेखराबाट इपीएल खेल्ने

मंसिर २२ गतेबाट सुरुहुँने एभरेष्ट प्रिमियर लिगका लागि पोखरा राइनोजले दक्षिण अफ्रिकी खेलाडी पाउल कलिन अनुबन्ध गरेको छ ।

सन् २०१२ मा पहिलो श्रेणीमा डेब्यु गरेका पाउलले घरेलु क्रिकेटमा एक सय ९७ रनको पारी खेलेका थिए ।
इपीएलका नियमअनुसार तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएकाले पोखराले दक्षिण अफ्रिकी अलराउण्डर पाउललाई ल्याएको हो । पोखराको टिममा शक्ति गौचन, विनोद भण्डारी, राजेश पुलामी सुनिल धमला जस्ता खेलाडी रहेका छन ।

इपीएलमा सहभागि ६ टिमले एकपछि अर्को रुपमा विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । ललितपुरले हिजोमात्र तीन जना विदेशी खेलाडीलाई फाइनल गरेको थियो । पोखराकै टिमको प्रशिक्षक अष्ट्रेलियाका रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest