जाेन्टीले भने नेपाली युवा खेलाडीमा क्षमताकाे कमी छैन

अटिज्मकेयर नेपाल सोसाइटीको लागी आर्थिक सङकलन गर्न मुख्य उदेश्यका साथ काठमान्डौ स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएकाे मैत्रीपुर्ण टि-२० खेलमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्टी रोड्सको टिम जोन्टी ११ ले पारस खड्काको टिम पारस ११ लाई १ विकेटले पराजित गरेको छ ।

मैत्रीपुर्णखेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार पारेको थियो जवाफमा जोन्टी ११ ले निर्धारित ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

पारस ११ को लागी ब्याटिङमा दिपेन्द्र सिह ऐरिले ३२ , कप्तान पारस खड्काले २८ तथा सोनु तामाङ र कुसल भुर्तेलले समान २२-२२ रनको योगदान दिएका थिए ।

पारस ११ को टिममा पूर्व कप्तान राजु बस्नेत, रायन मरुन, सन्दिप छेत्री, धिरेन्द्र चन्द, ललित सिंह भण्डारी, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोनु तमाङ र कुशल भुर्तेल खेलेका थिए ।

जोन्टी ११ को टिममा कमल सिह ऐरि , दिपेन्द्र चौधरी , सुनिल थापा ,अनिल साह र जोन्टी रोड्स जस्ता खेलाडीको सहभागिता रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest