न्यूजील्याण्डविरुद्धको दोस्रो टेस्टकाे पहिलाे दिन पाकिस्तान बलियाे स्थितीमा

न्यूजील्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिलो दिन राम्रो प्रदर्शन गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २०७ रन बनाएको छ ।

पाकिस्तानका हरिस सोहेल ८१ त्था बाबर अजाम १४ रन बनाएर क्रिजमा रहेका छन् । उनीहरुले आइतबार दोस्रो दिनको खेल शुरु गर्ने छन् । पाकिस्तानका लागि पहिलो दिन अजर अलि ८१ रनमा रन आउट भएका थिए भने असिद सफिक १४ रनमा आउट भए ।

यसैगरी ओपनर ब्याट्सम्यानहरु इमामुल हक र मोहम्मद हफिज ९–९ रनमा पेभेलियन फर्किए । न्यूजील्याण्डका कुलिन ग्राण्डहोमले २ तथा अजाज पटेलले १ विकेट हात पारेका छन् । पहिलो टेस्टमा पाकिस्तानमाथि ४ रनको रोमाञ्चक जित हात पारेको न्यूजील्याण्ड यो टेस्टमा पनि विजयी भए श्रृंखला जित्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest