मिचेल स्टार्ककाे राष्ट्रिय टिममा कमब्याक

अष्ट्रेलियाका क्रिकेटर मिचेल स्टार्कलाई भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटका लागि टिममा बोलाइएको छ ।

यदि आइतबार सिड्नीमा हुने तेस्रो टी–२०मा स्टार्क मैदानमा उत्रिए भने उनी ५७ महिना पछि राष्ट्रिय टिमबाट घरमै प्रतियोगिता खेल्ने छन् ।

पहिलो टी–२० आफ्नो पक्षमा पारेको अष्ट्रेलियाले आइतबारको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने छ । दोस्रो टी –२० पानी परे पछि रद्द भएकाले अन्तिम टी–२० जित्दै सिरिज बराबरी गर्ने दाउँमा हुने छ।

अष्ट्रेलियाका स्टार्क सन् २०१४ को फेब्रुअरी २ तारिखमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले ८ रन दिएर १ विकेट लिएका थिए भने अष्ट्रेलिया ८४ रनले विजयी भएको थियो । उनले अष्ट्रेलियबाट श्रीलंकामा २ बर्ष अघि भने टी–२० खेलेका थिए ।

स्टार्कलाई मिशेल बिलीको ठाउँमा राखिएको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । विली अभ्यासका क्रममा घाइत भएका थिए । जसका कारण उनी दोस्रो टी –२० मा टिममा परेका थिएनन् । अहिलेसम्म २२ टी–२० खेलेका स्टार्कले ३० विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest