महिला टि-ट्वान्टी विश्वकपको उपाधी अस्ट्रेलियाले जित्याे

महिला टि-ट्वान्टी विश्वकपको उपाधी अस्ट्रेलियाले जितेको छ । आजविहान भएको फाइनलमा अस्ट्रेलियाले इङल्यान्डलाइ आठ विकेटले पराजित गर्यो ।

वेस्ट इन्डिज स्थित सरभिभियन रिचर्डस स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङल्यान्डले१९ ओभर चार वलमा सवै विकेट गुमाएर एक सय पांच रन बनाएको थियो । अस्ट्रेलियन वलर सामु निरिह देखिएको इङल्यान्डले निकै फितलो ब्याटिङ प्रदर्शन गर्यो ।

उसकालागि डेनिएल याटले ४३ र कप्तानहिथर नाइटले २५ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंक छुन सकेनन् । आस्लेड गार्डनरले तीनतथामेगन सुट र जर्जिया वेरहामले दुइदुइविकेट लिएपछि इङल्यान्ड सस्तैमा समेटिएको थियो ।

जवाफमा अस्ट्रेलियाले १५ ओभर एक वलमामात्रदुइविकेट गुमाएर लक्ष्य पुरा गर्यो । अस्ट्रेलियाको सहजजीतमा गार्डनरले ३३ र कप्तान मेग लेनिङले २८ रनको योगदान दिए । एल्सा हेलले २२ र बेथ मुनी १४ रन बनाउदै आउट भएकाथिए ।

प्रतियोगितामा अस्ट्रेलियाकी प्लेयर अफ द सिरिज घोषित भइन् । अस्ट्रेलियाले चौथो पटक टि ट्वान्टी विश्वकपको उपाधीजितेको हो । यसअघि अस्ट्रेलिया सन २०१०, २०१२ र २०१४ माच्याम्पियनबनेको थियो । २००९ मापहिलो संस्करण जितेयता इङल्यान्डले भने उपाधी दोब्बर गर्न सकेको छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest