अष्ट्रेलियाले भारतसामु १६५ रनकाे लक्ष्य

भारत विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा अष्ट्रेलियाले एक सय ६५ रनको लक्ष्य दिएको छ ।

सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डासी सोर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए ।

यस्तै स्टोनीसले २५ र कारेले २७ रनको योगदान गरे । बलिङ तर्फ भारतका कुर्नाल पाण्डेले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest