टी-१० क्रिकेट लिगमा अाज सन्दीप लामिछानेले खेल्दै

युएईमा जारी टी-१० क्रिकेट लिगमा अाज सन्दीप लामिछानेकाे टिम केरला नाइट्सले राजपुट्ससंग खेल्दैछ ।

सारजाहमा हुने केरला र राजपुट्सबीचको खेल नेपाली समय अनुसार बेलुका ८:१५ मा सुरु हुनेछ । साविकको विजेता समेत रहेको केरला र राजपुट्स दुबै दोस्रो जितको खोजीमा हुनेछ ।

केरलाले पहिलो खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भने कराँचीयन्स सिन्धिससंग ९ विकेटले पराजित भएको थियो । दुबै खेलमा सन्दिपले विकेट लिएका थिए । जसमा पहिलाे खेलमा तीन तथा दाेस्राे खेलमा एक विकेट लिएका थिए ।

२ खेलबाट केरला लिगको तेस्रो स्थानमा छ भने समान अंक भएपनि रन रेटका अाधारमा राजपुट्स दोस्रो स्थानमा छ ।

पहिलो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए भने दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest