अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी

अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ ।

सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डासी सोर्टले ३३ रन बनाए भने आरोन फिन्चले २८ रन बनाए ।
यस्तै स्टोनीसले २५ र कारेले २७ रनको योगदान गरे । बलिङ तर्फ भारतका कुर्नाल पाण्डेले चार विकेट लिए ।

जवाफमा भारतले १९ ओभर चार बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु तीन विकेट सस्तैमा गुमाउदा उसले एक सय आठ रनमा चार विकेट खेर फाल्यो । भारतका लागि शिखर धवनले ४१ रन बनाए भने रोहित शर्माले २३ रनको योगदान गरे । यस्तै लोकेश राहुलले १४ रन बनाउदा कप्तान विराट कोहलीले कप्तानी पारी खेल्दै अर्धसतक बनाए । उनले अविजित ६१ रन बनाए । यस्तै दिनेश कार्तिकले २२ रन थपे ।

तर रिशव पन्तले खाता खोल्न सकेनन । ५७ महिना पछि सिड्नीमा टी–२० खेल खेलेका मिचेल स्टार्कसँगै ग्लेन म्याक्सवेलले एक एक विकेट लिए । तीन खेलको सिरीजमा पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल बर्षाले रद्द भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest