पोखरा राइनोजले दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध

एभरेस्ट प्रिमियर लिगका लागि विदेशी खेलाडी अनुबन्धकाे काम सबै टिमले तिब्र पारेका छन । जसमा पोखरा राइनोजले दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ ।

शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभी अनुबन्ध गरेकाे हाे । उनले काउन्टी क्रिकेटमा सोमरसेटबाट खेल्ने गर्थे ।

पाेखराले अघिनै इंग्ल्याण्डका पाउल कोलिङ र स्कटल्याण्डका कप्तान कायल कोइट्जरलाई आफ्नो बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो । यसका साथै अष्ट्रेलियन नेथन डोड पोखराका मुख्य प्रशिक्षकको रुपमा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest