टी–१० क्रिकेट अन्तर्गत सन्दिप लामिछानेले तेस्रो खेलमा पनि लिए २ विकेट

युएईमा जारी टी–१० क्रिकेट अन्तर्गत सन्दिप लामिछानेले तेस्रो खेलमा पनि आफ्नो प्रभाव कायमै राखेका छन् ।

पहिलो खेलमा ३ विकेट लिएर सनसनी मच्चाएका सन्दिपले दोस्रो खेलमा १ विकेट हात पारेका थिए । केरला किंग्सबाट खेलेका सन्दिपले तेस्रो खेलमा राजपुतविरुद्ध ओपनिङ बलिङ गरेका थिए । पहिलो भन्दा दोस्रो ओभर महँगो सावित भएका सन्दिपले समग्रमा २३ रन खर्चिएर २ विकेट लिए ।

सन्दिपले पहिलो ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए । पहिलो बलमा मोहमद सहजादे १ रन लिँदै खाता खोलेका थिए । लगातार दुई बलमा ब्रेन्डम म्याकुलमले खातानै खोल्न सकेनन् ।

चौथो बलमा १ रन बनाउँदै स्ट्राइक परिवर्तन भएर मोहमद सहजाद ब्याटिङमा आएका थिए । सन्दिपको पाँचौ बल फेस गरेका सहजादले फिल्डरलाई क्याच दिदैं आउट भएका थिए । उनको क्याच वेने पार्नेलले लिएका थिए । सहजादले यसअघिको खेलमाा १६ बलमै ६७ रनको विस्फोटक पारि खेलेका थिए ।

सातौं ओभरमा आफ्नो अन्तिम बलिङ गर्न आएका सन्दिपले दोस्रो विकेट लिए । सातौं ओभरको पहिलो र दोस्रो बलमा लाउरे इभानेसले लगातार दुई छक्का प्रहार गरेका थिए । तेस्रो बलमा १ रन लिएर स्ट्राइक चेन्ज भए पछि कार्लोस ब्रेथवाइटलाई आउट गरे । ब्रेथवाइटले प्रहार गरेको बेल किरोन पोलार्डले क्याच लिएका थिए । अन्तिम बलमा भने उनले चौका दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest