इनरूवामा एकदिवसिय क्रिकेट हुने

नेपालले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएपनि घरेलु प्रतियाेगितामा ५० अाेभरका खेलहरूकाे कमी भइरहेका बेला इनरूवामा पहिलाे पटक एकदिवसिय क्रिकेट प्रतियाेगिता हुने भएकाे छ ।

शान्ति दीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा रंगशालामा हुने प्रतियोगिता पुस २१ गतेबाट माघ ७ गतेसम्म इनरुवामा हुने छ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टिमको सहभागिता रहनेछ ।

प्रतियाेगिताकाे उपाधि विजेताले ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५-२५ हजार रूपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार र विधागत रूपमा उत्कृट हुने बलर र ब्याट्सम्यानले २० हजार १ सय रूपैयाँ हात पार्नेछन । यस्तै फेयर प्ले टिमले १५ हजार हात पार्नेछ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब कुमार विष्टले काठमाडौं बाहिर ठुलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताए । साथै उनले अार्थिक रूपमा ठुलाे सहयाेग गर्न लागेकाे बताए ।

२ दिने प्रतियाेगिता हुने

परिषद्का सदस्य सचिव विष्टले चाँडै नै नेपालमा बर्षाै पछि २ दिने क्रिकेट प्रतियाेगिता हुने जानकारी गराए । यसै कार्यक्रममा बाेल्दै उनले नेपाली खेलाडीले धेरै २० अाेभरका खेल खेलेकाे र उनीहरूलाइ एकदिवसिय खेलका लागि अझै तयार नभएकाे भन्दै चाँडै दुइदिवसिय खेलकाे अायाेजना गर्ने बताए ।

उनले प्रतियाेगिताकाे तयारी र अन्य किसिमकाे तयारीका लागि मुख्य प्रशिक्षक जगत टमाटालाइ जिम्मेवारी दिएकाे बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest