नयाँ टी–२० बरियतामा सोमपाल एक स्थान माथि उक्लिए

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको नयाँ टी–२० बरियतामा सोमपाल कामी एक स्थान माथि उक्लिएका छन ।

आइसीसीको नयाँ बरियतामा टी ट्वान्टीमा एक सय भित्र तीन जना खेलाडी रहेका छन । जसमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी रहेका छन । जसमा ब्याटिङमा कप्तान पारस खड्का दुई स्थान तल झर्दै ९५ स्थानमा पुगेका छन ।

बलिङ तर्फ सोमपाल कामी एक स्थान माथि उक्लदै ९३ औं स्थानमा पुगेका छन भने बसन्त रेग्मी ७५ औं स्थानमा कायम रहेका छन । अलराउण्डमा भने पारस र सोमपालको बरियतामा परिवर्तन भएको छैन । पारस ४१ र सोमपाल ६४ स्थानमा नै छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest