इंग्ल्यान्ड १७ बर्षपछि श्रीलंकाविरुद्धको टेष्ट सिरिजमा विजयी

टेष्ट क्रिकेटमा इंग्ल्याडले श्रीलंकामा पहिलाे पटक तथा समग्रमा तेस्राे पटक विदेशी भुमिमा सिरीज क्लिन स्विप गरेकाे छ । श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्यान्डले क्लिन स्वीप गरेको छ । इंग्ल्यान्डले १७ बर्षपछि श्रीलंकाविरुद्धको टेष्ट सिरिज जितेको हो । यसअघि इंग्ल्यान्डले सन् २००१ मा श्रीलंकाविरुद्धको सिरिज जितेको थियो ।

कोलम्बोमा तेस्रो तथा अन्तिम टेष्टको चौथो दिन सोमबार ४२ रनको जित निकाल्याे ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जोनी बेईर्स्टोको ११० रनको शतकीय इनिङसमा ३३६ रन बनाएको थियो । श्रीलंकाले पहिलो इनिङसमा २४० रन जोडेको थियो ।

श्रीलंकालाई पहिलो इनिङसमा सस्तैमा समेटर दोस्रो इनिङ थालेको इंग्ल्यान्डले २३० रन जोड्दै घरेलु टोलीलाई ३२७ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डले दिएको ३२७ रनको लक्ष्य पक्ष्याएकाे श्रीलंका ८६ ओभर ४ बलमा २ सय ८४ रन जोड्दै अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ८६ तथा रोशेन सिल्भाले ६५ रन जोडेपनि श्रीलंकालाई जित दिलाउन सकेनन् । इंग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान ४/४ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest