बिचौलिया मोटाएको नेपाली क्रिकेट

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मैदानमा साना ठूला सफलता हात पारिरहेको छ । यही सफलताले क्रिकेटमा भएका राजनीतिक अनियमितता र भ्रष्टाचारलाई ओझेलमा पारिदिएको छ ।

कमजोर भौतिक संरचना र खेलाडीलाई प्रयाप्त सुविधाविनै नेपाली क्रिकेटले एक दिवसीय र टी–२० विश्वकपसम्मको यात्रा तय गर्यो । सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाली क्रिकेटको घरेलु संरचना अहिले कमजोर बनेको छ ।

विश्व क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०१५ देखि नेपाल क्रिकेट सङ्घ (क्यान) मा राजनीतिक हस्तक्षेप बढेको भन्दै प्रतिबन्ध गरिरहेको छ । क्यानलाई प्रतिबन्धमा पुर्याउनेमध्येका मुख्य पात्र थिए नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट ।

साढे तीन वर्षअघि तत्कालीन एमालेको सिफारिसमा विष्ट सदस्य सचिव बनेर आउने वित्तिकै क्यान उनको तारोमा पर्यो । खेलकुदमा मौलाएको चरम राजनीतिलाई उनले झनै प्रोत्साहन दिए ।

चतुरबहादुर चन्द अध्यक्ष रहेको निर्वाचित क्यान कार्यसमितिमा आफ्नो पार्टी समर्थकको कार्यकर्ता नपाएपछि विष्टले निर्वाचित समितिलाई विघटन गरे र आफ्नो पार्टी सर्मथक रमेश सिलवालको संयोजकत्वमा क्यानको नयाँ तदर्थ समिति गठन गरे । त्यसपछि निर्वाचित सङ्घ अदालत गुहार्न बाध्य भयो । क्यानको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

त्यसपछि विवादको चरम उत्कर्षमा पुगेको नेपाली क्रिकेटलाई आईसीसीले निलम्बन गर्दै आएको छ । तत्काल निलम्बन फुकाउन पहल गर्छु भनेका सदस्य सचिव विष्टको चार वर्षे कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । तर पनि विष्टको बोलीले पूर्णता पाउन सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest