नबिल र एनआईसीको लगातार दोस्रो जित

नबिल बैंक र एनआईसी एसिया बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा लगातार दोस्रो जित निकालेका छन् ।

मंगलबार भएको खेलमा नबिलले सुर्य नेपाललाई ५ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । जितसंगै नबिलले समूह ‘ए’ बाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै एनआईसीले भारतीय दुतावासलाई ४ विकेटले हराएर लगातार दोस्रो जित निकालेको हो । जितसंगै एनआईसीले समूह ‘एच’ बाट ४ अंक जोडेको छ ।

यस्तै अन्य खेलमा एसबिआई बैंकले मेगा बैंकलाई ३० रनले हराएको छ । एनएमबि बैकले कुमारी बैंकलाई १२ रनले पराजित गर्दा आईसीएफसी फाइनान्सले जनता बैंकलाई ५ विकेटले पराजित गर्यो ।

प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागीता रहेको छ ।

सेन्चुरी बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ । गत सिजन सिभिल बैंकले उपाधि जितेको थियो ।

उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपर, सर्वाधिक छक्का प्रहर गर्ने, फेयर प्ले टिमले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन्  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest