नेदरल्याण्डका रायन टेन डेसकटेले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं – नेदरल्याण्डका क्रिकेटर रायन टेन डेसकटेले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा डेसकटेले साबिकको उपविजेता भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका हुन् । ग्लाडियटर्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै रायन टेन डेसकटेलाई अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार ग्लाडियटर्सले डोसकाटेलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।

ब्याटिङ अलराउण्डर डेसकटे सँग ३२० टी-ट्वान्टी खेलको अनुभव छ । इण्डियन प्रिमियर लिग (आईपीएल), बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग समेत खेलिसकेकाले उनको ईपिएलमा सबैभन्दा ठुलो अनुबन्धन भएको देखिन्छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest