सन्दीपको टिम केरलाले नर्थनलाई १ सय २ रनको लक्ष्य दियो

टस हारेर पहिला ब्याटिङ गरेको केरला किंगसले टी–१० क्रिकेटमा नर्थन वारियर्सलाई १ सय २ रनको लक्ष्य दिएको छ । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएपछि निर्धारित १० ओभरमा २ विकेटको क्षतिमा १ सय १ रन बनाएको हो ।

आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङ अर्को साताबाट काठमाडौँमा सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने छन् ।  केरलाको  कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन बनाए । अव सन्दीपले जवाफमा केहि समयमा बलिङ गर्ने छन् ।

चार खेलमा १ मा जित र दुईमा हारका साथ पुछारबाट दोस्रो स्थानमा रहेको केरलाले अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । वारियर्सले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest