यू-१९ क्रिकेटर भिम सार्कीलाई रेड रक्स स्पोर्ट्सको प्रायोजन

नेपाली यू-१९ क्रिकेट टोलीका सदस्य भिम सार्कीलाई भारतको क्रिकेट खेल सामग्री उत्पादक कम्पनि रेड रक्स स्पोर्ट्सले प्रायोजन गरेको छ ।

क्रिकेटर सार्की र रेड रक्स स्पोर्ट्सले शुक्रबार तीन बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सार्कीलाई रेड रक्सले तीन बर्षसम्म क्रिकेट खेल सामग्री उपलब्ध गराउने छ ।

भारतको हरियाणाका पुर्व रञ्जि ट्रफी खेलिसकेका खेलाडी मनिस शाकलकारको सहयोगमा रेड रक्स स्पोर्ट्सले सार्कीलाई प्रायोजन गरेको हो । सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र दक्षिण अफ्रीकाका पुर्व स्टार जोन्टि रोड्सको सहभागिता रहेको थियो ।

सम्झौतापछि रेड रक्स स्पोर्ट्सका सुबास राजपुतले सार्कीको क्षमता र राष्ट्रिय टोलीमा चाडै स्थान बनाउन सक्ने खेलाडी रहेको कारण सहयोग गरेको बताए । यस्तै सार्कीले आफुलाई पहिलो पटक प्रायोजन मिलेको बताउदै आफु निकै खुसी रहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest