अन्तिम खेलमा पनि सन्दिपको जादु चलेन

यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छैटौँ खेलमा पनि विकेट विहिन बनेका छन् । आज भएको खेलमा बंगाल टाइगर्सबीरुद्ध पनि खराव प्रर्दशन गरेका छन् ।

शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको किंगसले सन्दीपलाई दोस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरमा सन्दीपलाई सुनील नारेनले दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यस्तै अन्तिम बलमा पनि नारेनले छक्का प्रहार गरेपछि पहिलो ओभरमै सन्दीपले २० रन खर्चिए ।

अन्य तीन बल डट गराउँदा दुई वाइड फाले । पहिलो ओभरमै महँगो सावित भएपछि कप्तान इयोन मोर्गनले सन्दीपलाई दोस्रो ओभर बलिङ गर्न दिएनन् ।

पहिलो पारीमा टाइगर्सले किंग्सलाई १ सय २४ रनको लक्ष्य दिन सफल भयो । टाइगर्सका लागी सुनील नारेन ५२ र रदरफोर्डले ३९ रन जोडे ।

टि-१० प्रतियोगिताको आज सम्मको खेलमा सन्दिपले पहिलो पटक दोस्रो ओभर बलिङ्ग गर्न बाट बन्चित भए ।

सन्दिपको ओभर बिस्तृतमा-

१.१- लामिछाने – नारायण = वाइड , १.१- लामिछाने – नारायण = डट बल
१.२ – लामिछाने – नारायण = वाइड, १.२ – लामिछाने – नारायण = छक्का !
१.३ – लामिछाने – नारायण = छक्का !
१.४– लामिछाने – नारायण = डट बल
१.५– लामिछाने – नारायण = डट बल ,
१.६– लामिछाने – नारायण = छक्का !

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest