टी–१० मा सन्दिपको टिम ७ विकेटले विजयी

युएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा नेपालका सन्दिप लामिछाने सम्मिलित केरला किंग्सले ७ विकेटको जित निकालेको छ ।

१ सय २३ रनको लक्ष्य पाएको केरलाले ८ बल अगावै ३ विकेट गुमाएर जित दर्ता गर्‍यो ।

केरलाका लागि जोनी बेयरस्टोले टि -१० प्रतियोगिताको उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ८४ रन बनाए । उनले २४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अन्तिम खेलमा केरला किंग्सलाई दोस्रो जित दिलाए ।

पहिले ब्याटिङ गरेको बेंगालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

बेंगाल टाईगर्सविरुद्वको खेलमा नेपालका सन्दिप लामिछनेले एकै ओभरमा २० रन दिदै फेरी पनि महँगो साबित भए ।

उनलाई बेंगालका सुनिल नारेनले ३ छक्का प्रहार गरेका थियो । पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेका सन्दिपलाई कप्तान ईयान मोगार्नले आज दोस्रो ओवर गर्न दिएनन ।

आज को जित संगै केरला को ६ खेलबाट ५ अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest