नेपालमा जन्मेका हङकङका सन्नीले पोखरा राईनोजबाट ईपीएल खेल्ने

पोखरा राईनोजले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि नेपाली मुलका हङकङका क्रिकेटर सन्नी भिमसरियालाई अनुबन्धन गरेको छ ।

हङकङको राष्ट्रिय टिमका सदस्य समेत रहेका सन्नीलाई पोखराले क्लबमा भित्राएको हो ।

उनले हङकङको अन्डर १९ टोलीबाट सन् २०११ देखी २०११ सम्म खेलेका थिए । उनले हङकङको राष्ट्रिय टिमबाट सन् २०११ यता खेल्दै आएका छन् ।

अलराउण्डर समेत रहका सन्नी ब्याट्सम्यानका साथै दायाँ हाते लेग स्पिनर समेत हुन् ।

पोखराले अनुबन्धन गरेको सन्नी चौथो विदेशी खेलाडी हुन् ।

नेपाली मुलका हङकङका खेलाडी सन्नीले अगाडी बढ्ने क्रममा रहेको नेपाली क्रिकेटको हिस्सा बन्न पाउदाँ आफु उत्साहित भएको बताएका छन् ।

सन्नी पोखरा राइनोजमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन । यसअघि टिमले रिचार्ड लेभी, केली कोइट्जेर र पउल कोघलिनलाई अनुबन्ध गरिसकेको छ । पोखराको टिममा विदेशी खेलाडी बाहेक शक्ति गौचन, विनोद भण्डारी, राजेश पुलामी जस्ता खेलाडी छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest