वेस्ट इन्डिज बिरुद्दको दुइ टेष्ट शृंखलामा बाङ्लादेश बिजयी

ढाकाको शेरे बांग्ला नेस्नल स्टेडियममा खेलिएको बाङ्लादेश बिरुद्द वेस्ट इन्डिजको दोस्रो टेष्ट म्याच घरेलु टोलीले एक पारी र १८४ रनले जितेको छ ।

टस जितेर ब्याटिङ रोजेको बाङ्लादेशले पहिलो पारीमा ५०८ रन बनायो । उसका लागी मेहमुदुल्लहाले १३६ रन बनाए भने शकिब अल हसनले ८० रनको योग्दान दिए ।

वेस्ट इन्डिजका बलरहरु ले १५४ ओवर लगाएर घरेलु टोलीलाई अल-आउट त गरे तर खराब ब्याटिङका कारण पहिलो पारीमा केबल १११ रन बनाएर अल आउट भए । मेहदी हसनले ५८ रन दिदै ७ विकेट लिन सफल भए । बांकी ३ विकेट शाकिब अल हसन लिए ।

फलोअन गरेका पाहुना टोलीले मात्र ५९.३ ओवर खेल्दै २१३ रन मात्र बनाएर खेल एक पारी र १८४ रनले हारे । युवा ब्याट्स्म्यान हेट्मायारले ९ छक्का र १ चौका प्रहार गर्दै व्यक्तिगत ९३ रनको स्कोर त बनाए तर पहिलो पारीमा ७ विकेट लिएका मेहदी हसन पुन्: एक चोटी हाबी भए । हसनले दोस्रो पारीमा ५ विकेट लिदै खेलमा १२ विकेट लिन सफल भए ।

पहिलो टेष्ट ६४ रन र दोस्रो टेष्ट एउटा पारी र १८४ रनले जित्दै दुइ खेलको टेष्ट शृंखला घरेलु टोलीले आफ्नो हात पार्यो । शाकिब अल हसन म्यान अफ द सिरिज भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest